जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४÷३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन्।

घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन्।

तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन।

प्रहरीले दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।