जेनजी आन्दोलनमा सिन्धुलीका तीनजनाले ज्यान गुमाए

सिन्धुली । जेनजी आन्दोलनमा सिन्धुलीका तीनजनाले ज्यान गुमाएका छन । भ्रष्टाचार विरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जिल्लाका तीन जनाले ज्यान गुमाएका हुन । यस्तै तीन जना घाइते भएका छन ।

आन्दोलनका क्रममा मृत्यु हुनेमा एकजना सुरक्षाकर्मी र दुई जना जेनजी युवा रहेका छन । काठमान्डौंको बानेश्वरमा भदौ २३ गते भएको आन्दोलनका क्रममा गोली लागेर गोलन्जोर गाउँपालिका वडा नं. १ का रोशन न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

यस्तै, तिनपाटन गाउँपालिका वडा नं. ६ का दिपेश सुनुवार भदौ २३ को प्रदर्शनपछि बेपत्ता भएका थिए । परिवारको खोजतलासपछि उनलाई छातीमा गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारिएको छ । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

दुधौली नगरपालिका–८ का प्रहरी सहायक निरीक्षक मिलन रायको आन्दोलनकै क्रममा आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई काठमान्डौका डिएपी भन्दै कुटपिट गरेका थिए । प्रहरी वृत्त महाराजगन्जमा आगजनीपछि उनलाई कुटपिट गर्दा उनी घाइते भई ज्यान गुमाएका थिए । राय अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।

यस्तै आन्दोलनका क्रममा गोलन्जोर गाउँपालिका वडा नं.३ का नवीन तामाङ, गोलन्जोर गाउँपालिका वडा नं. १ का तिलक मगर र सिन्धुलीका मदन कार्की घाइते भएको खुलेको छ ।आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या हालसम्म ७२ पुगेको छ । तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।