जेनजी प्रदर्शनका कारण दमक नगरपालिकाका प्रमुख प्रशासकीय भवनमा २३ करोडको क्षति, एम्बुलेन्स जलेर खरानी

दमक । जेनजी प्रदर्शनका कारण झापाको दमक नगरपालिकामा ठूलो भौतिक क्षति भएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार क्षतिको रकम २३ करोड रुपियाँभन्दा बढी पुगेको नगर प्रमुख रामकुमार थापाले जानकारी दिए ।

नगरपालिकाको कार्यालय भवनदेखि सम्पूर्ण सवारीसाधन र भित्रका सामग्रीसम्म जलेर वा नष्ट भइसकेको छ। ‘‘कुनै पनि कार्यकक्ष सग्लो छैन,’’ प्रमुख थापाले दुख व्यक्त गरे।

आन्दोलनकारीले नगरपालिकासँगै रहेको एम्बुलेन्स पूर्णरूपमा जलाइदिएका छन् भने दुई वटा दमकलमध्ये एकमा ठूलो क्षति पुगेको छ।क्षतिग्रस्त दमकललाई चाँडै मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको तर तत्काल नगरपालिकाका सम्पूर्ण सेवा सुचारु गर्ने अवस्था नभएको थापाले बताए।

भग्नावशेष पन्छाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।यस्तै, आन्तरिक राजस्व कार्यालयमा मात्रै ३ करोड ६ लाख ९३ हजार ९८३ रुपियाँ बराबरको क्षति पुगेको तथ्याङ्क सार्वजनिक भएको छ।अन्य सरकारी तथा निजी क्षेत्रका क्षतिको विवरण सङ्कलन भइरहेको छ। तर जेनजी प्रदर्शनका क्रममा वडा कार्यालयहरू भने सुरक्षित रहेको नगरपालिकाले जनाएको छ।-बेतना दैनिकबाच

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।