साँगुरीगढीमा दशैं विेशेष फुटबल प्रतियोगिता सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–१०, भुल्के धारापानीमा हिन्दु धर्मावलम्बीहरूको महान् चाड वडा दशैं २०८२ को अवसरमा आयोजित फूलपाती देखि सुरू भएको फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
धारापानी युवा समूहको आयोजनामा विभिन्न फुटबल क्लबका खेलाडीहरू १० टिम सहभागी भएका थिए।
अन्तिम खेल वर्षाको कारण बीचमै रोकिएपछि धरान उपमहानगरपालिका–२०, ठूलो खैरे र स्वाँरा टिमलाई बराबरीको आधारमा संयुक्त विजेता घोषणा गरिएको आयोजकले जनाएको छ। दुवै टोलीलाई नगद पुरस्कार रु. १६–१६ हजार प्रदान गरिएको आयोजकले धनकुटा खबरलाई जानकारी दिएको छ।
आयोजक धारापानी युवा समूहले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


