धनकुटामा मिनी ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु,एक घाइते

धनकुटा,२७ असोज । धनकुटामा ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटना परि गम्भिर घाइते भएका सह-चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ बर्षिया दिनेश क्षेत्रीको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा आज बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

चालक उदयपुरको उदयपुरगढी गाउपालिका ९ कुर्कुनटार बस्ने २६ बर्षिया नारायण खड्का सामान्य घाइते भएका छन् भने उहांको प्रहरीको निगरानीमा जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको डीएसपी कार्कीले बताए ।

गएराति जिल्लाको धनकुटा नगरपालिका ९ पाँचगोलाई स्थित कोशी लोकमार्गमा धनकुटाबाट धरान तर्फ सब्जि बोकेर जांदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक देखि ३ सय मिटर तल खस्दा दुर्घट्ना भएको हो ।

दुर्घटना स्थलमा प्रहरी चौकी मुलघाटबाट प्रसनि टंक बहादुर थापाको नेतृत्वमा ५ जना र शसस्त्र प्रहरी बल नेपाल सहितको टोलिले दुबै घाइतेको उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो ।

मृतकको शव अस्पतालको सव-गृहमा राखेको र साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।