धनकुटाको सहिदभूमिमा ३ हजार गांजाको बोट नष्ट
धनकुटा,२८ असोज । धनकुटामा गांजाको बोट फंडानी गरि नष्ट गरिएको छ ।
जिल्लाको सहिदभूमि गाउंपालिका ३ को विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा १.५ रोपनि क्षेत्रफलमा उम्रेको अन्दाजी ३ हजार गाँजाको बोट फडानी गरी जलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
हिजो इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रसनि जस बहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गांजा नष्ट गरेको हो ।


