तमोर नदीमा पानीको बहाव बढ्न सक्ने,सतर्कता अपनाउन प्रहरीको अनुरोध
धनकुटा,२८ असोज । धनकुटा जिल्ला भएर बग्ने तमोर नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
हिजो पांचथरको फिदिम नगरपालिका १२ फेमे खोला र सिबुवा खोलाको संगम स्थलमा दोभान दथेनी स्थित माथिबाट पहिरो झरी फेमे खोला थुनिएर ड्याम भएको ९०% खोला थुनिएको थियो ।
हाल १०% भागबाट पानी बगिरहेको हुँदा उक्त थुनिएको ड्याम फुट्दा तमोर नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनु हुन जिल्ला प्रहरी कार्यालय धनकुटाले अनुरोध गरेको छ ।


