धनकुटामा सडक दुर्घटनामा घाइतेको उद्दार,भीड नियन्त्रण सम्बन्धि डेमोस्टेशन कार्यक्रम सम्पन्न

धनकुटा,२८ असोज । धनकुटामा सडक दुर्घटनामा घाइते उद्दार डेमोस्टेशन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा धनकुटा नगरपालिका ६ स्थित जिरोपोइन्टमा उक्त कार्यक्रम गरिएको हो ।

सवारी दुर्घटना हुंदा हताहत भएको घटनामा सुरक्षाकर्मीहरुले कसरी संयुक्त रुपमा कार्य गरि उद्दार गर्दछन भन्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।

घटना पश्चात् उत्पन्न हुने परिस्थितिलाई समेत मध्येनजर गरि विभिन्न निकाय एवम सरोकारवाला व्यक्तिहरु सग समन्वय गर्दै न्युनतम बल प्रयोग मार्फत भिड नियन्त्रण गरि बन्द भएको सवारीआवागमन मार्ग खुलाउनुका साथै घाइते तथा मृतकहरुको उद्दार गरि कानुनी प्रक्रिया समेत सम्पन्न कसरी गरिन्छ भन्ने दृश्य समेत प्रदर्सन गरिएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सयुक्त टोलिले सो दुर्घटना उद्दार कार्यको प्रदर्सन गरेका थिए। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सो उद्दार अभ्यास कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै भविष्यमा हुन सक्ने सवारी दुर्घटना एवम प्राकृतिक प्रकोप उदार समेतमा समन्वय गरि तदारुकताका साथ खटिइ उदार कार्य गर्न निर्देशन सहित सुरक्षाकर्मिहरुलाइ प्रोत्साहित गर्नु भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।