पाख्रिबासका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२९ असोज । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के.भि. पाख्रिबास फिडर अन्तर्गत पाख्रीबास नगरपालिकाको पाख्रीबास देखि मुगा,भुन्टेडाडा,मालबासे ,पानपा.७ राम्चे,कट्टेल डाडा लगायत का स्थान हरुमा लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत बिहानको १० बजे देखि दिनको ५ बजेसम्म अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।


