विपिन जोशीका परिवारलाई इजरायल सरकारले आफ्ना नागरिकका परिवार सरह अधिकार र सहयोग प्रदान गर्ने घोषणा

तेल अभिव । हमासद्वारा अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीका परिवारलाई इजरायल सरकारले आफ्ना नागरिकका परिवार सरह अधिकार र सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

इजरायलको परराष्ट्र मन्त्रालयका निर्देशक जनरल एडेन बार–टालले नेपाली परराष्ट्र सचिव अमृत बहादुर राईसँग टेलिफोन संवाद गर्दै विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उक्त घोषणा गरेका हुन्। उनले भने, “इजरायल सरकारले विपिन जोशीका परिवारलाई हमासद्वारा मारिएका इजरायली नागरिकका परिवारजस्तै अधिकार र हेरचाह प्रदान गर्नेछ।”

बार–टालले जोशीको शव इजरायलमा फर्किएको र नेपाल पठाउने तयारी भइरहेको जानकारी दिँदै उनको सम्झनामा दुईवटा औपचारिक श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने बताए। एक कार्यक्रम तेल अविभस्थित विमानस्थलमा शव प्रस्थानअघि हुनेछ भने अर्को नेपालमा आयोजना गरिनेछ, जसमा इजरायलका राजदूत समेत सहभागी हुनेछन्।

उनले विपिन जोशीको हत्या “क्रूर र अमानवीय” भएको भन्दै नेपाली जनताप्रति संवेदना प्रकट गरे। उनले भने, “विपिन जोशीले इजरायलको भूमिमा कृषिशिक्षा अध्ययन गर्न आएका एक असाधारण युवा थिए। उनको हत्या हाम्रो साझा पीडा हो।”

नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायल सरकारले विपिन जोशीको मुद्दामा देखाएको मानवीय संवेदना र सहकार्यप्रति आभार प्रकट गर्दै भने, “यो कठिन समयमा इजरायलले देखाएको सहयोग र आदर नेपालले गहिरो कृतज्ञताका साथ ग्रहण गरेको छ।”

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्र किबुज एलुमिममा हमासको आक्रमणका क्रममा विपिन जोशी अपहरणमा परेका थिए। ७३८ दिनपछि उनको शव फिर्ता भएपछि नेपाल र इजरायल दुवै देशमा शोकको लहर फैलिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।