धनकुटामा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु,सात जना घाइते(नामावली सहित)

धनकुटा,२९ असोज । धनकुटामा बस दुर्घटना हुंदा दुई जनाको मृत्यु र ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिका ६ वस्ने अन्दाजी ५५ बर्षिया गंगा कार्की र महालक्ष्मी नपा ९ बस्ने ६० बर्षिया डिल्ली बरालको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

घाइतेहरुमा मोरङ केरावारी गाउपालिका ९ बस्ने ६० बर्षिया देवि न्यौपाने,महालक्ष्मी नपा ९ बस्ने ७५ बर्षिया तारादेवि काफ्ले,महालक्ष्मी नपा ७ बस्ने ३२ बर्षिया सृजना जिमी,महालक्ष्मी ८ बस्ने १७ बर्षिया खुशी लुंगेली,मोरङ सुन्दरहरैचा नपा ७ बस्ने दिल कुमार खड्काको छोरी अन्दाजी ८ बर्षिया अंगीता खड्का,धनकुटा नगरपालिका ४ लोकसेवा वस्ने अन्दाजी ४५ बर्षिया दुर्गा तिम्सिना र बस चालक सुनसरीको इटहरी उप-महानगरपालिका १७ बालग्राम बस्ने ५० बर्षिया कुल बहादुर मगर रहेका छन् ।

घाइते चालक मगरको हिले पोलिक्लिनिकमा उपचार पश्चात प्रहरी चौकी हिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ११;४५ गते बजे धनकुटा नपा-३ निगाले स्थित कोशी लोक मार्गमा बिराटनगरबाट महालक्ष्मीको जीतपुर तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ख ९६०६ नम्बरको बस आफै अनियन्त्रित भई बाटोमा पल्टि दुर्घट्ना भएको हो ।

दुर्घटनाको खबर पाउनसाथ जिप्रका धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री समेतको कमाण्डमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोलि र नेपाली सेनाको टोलि घट्नास्थल पुगि घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको प्रवक्ता कार्कीले बताए ।

बसमा ३० जना यात्री रहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।