विराटनगरमा “७० औं प्रहरी दिवसको अवसरमा मैत्रीपूर्ण क्रिकेट खेल प्रतियोगिता सम्पन्न
विराटनगर, असोज ३० गते । “७० औं प्रहरी दिवस २०८२” को अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेल मैदानमा मैत्रीपूर्ण क्रिकेट खेल प्रतियोगिता सम्पन्न भएको छ ।
खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र, कोशी प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।


