कोशी प्रदेश प्रहरी प्रमुखद्वारा चाड पर्वलाई हर्सोलासका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

विराटनगर, कार्तिक ०२ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई दिपावली, छट, उधौली लगायतका पर्वको शुभकामना सहित चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी चाड पर्वलाई हर्सोलासका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन भर्चुअल माध्यमद्वारा निर्देशन दिनु भएको छ ।

कार्तिक ०२ गते प्रदेश प्रहरी प्रमुख कार्कीले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार, झै झगडा, जुवा तास जन्य गतिविधिलाई नियन्त्रण गर्नको लागी कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ ।

चाडपर्वको समयमा लाग्ने मेला पर्व, वैङ्क तथा बित्तिय संस्था, सुन चाँदी पसलहरुमा प्रहरीको निगरानी बढाउन तथा सरोकारवाला निकाय संगको समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न, यात्रुहरुको आवागमनलाई थप सहजता बनाई दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भएको छ । साथै वहाँले मौषम प्रतिकुलताको कारण वाढी, पहिरो, डुवान जस्ता बिपदका घटनाहरु भईरहेको अवस्थामा प्रहरी सम्वेदनसिल भई अन्य सुरक्षा निकायहरुसंग समन्वय गरी परिचालन हुन समेत निर्देशन दिनु भएको छ ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।