पत्रकार महासंघ धनकुटा शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुको चाडपर्वहरु शुभदिपावली, नेपाल सम्बत, छठ, बाढांग्मी, चासोक तग्नाम, उधौली लगायतका पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक बर्ष काग तिहारको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चाडपर्वको शुभकामना आदान प्रदान गर्दै आएको छ । शुभकामना आदानप्रदान कार्यक्रमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले चाडपर्वको अवसरमा शुभकामना व्यातm गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश सभासदस्य इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्ग, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायत पत्रकार महासंघ संग आबद्ध विभिन्न व्यातिm, राजनैतिकदलका प्रमुख तथा प्रतिनिधी सुरक्षा निकायका प्रमुख, अन्य सरकारी तथा गैर सरकारी संस्था बैंक लगायत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थितीमा कार्यक्रम सम्पन्नभयो ।


