इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै स्वदेश ल्याइएर कञ्चनपुर पठाइने

काठमाडौ । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै स्वदेश ल्याइएर कञ्चनपुर पठाइने भएको छ।

विपिनको शव बोकेको फ्लाई दुबईको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विपिनको शव काठमाडौंबाट धनगढी हुँदै उनको जन्मस्थान भिमदत्त नगरपालिका, कञ्चनपुर लगिनेछ, जहाँ आजै अन्तिम संस्कार गरिने तयारी छ। इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

डीएनए परीक्षण र फरेन्सिक रिपोर्टका आधारमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। अध्ययनका सिलसिलामा इजरायल पुगेका विपिन जोशीलाई २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा अपहरण गरेको थियो। उनको मृत्यु अपहरणकै क्रममा भएको फरेन्सिक जाँचमा पाइएको छ।

नेपाल ल्याउनुअघि विपिनप्रति इजरायलको तेल अवीवस्थित बेनगुरियन विमानस्थलमा विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो। विपिनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो, जसले नेपाली समुदाय र इजरायली अधिकारीबीच भावनात्मक दृश्य सिर्जना गरेको बताइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖