गाजामा अस्ताएका विपिन जोशीको महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौ । महाकाली नदी किनारमा इजरायल–हमास युद्धमा मारिएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। विपिनको पार्थिव शरीरसँगै उनका कपडा, कापीकिताब, डायरी, गिटार र व्यक्तिगत सामग्रीहरू पनि नेपाल ल्याइएका थिए, जसलाई अन्त्येष्टिसँगै नदीमा बगाइयो।

इजरायली विदेश मन्त्रालयले विपिनलाई बन्धक बनेका नेपालीमध्ये **‘अमच्योर र्‍यापर’**का रूपमा चिनाएको थियो भने वालस्ट्रिट जर्नलले उनलाई संगीत सिक्दै गरेका युवा प्रतिभाको रूपमा उल्लेख गरेको थियो। विपिनको डायरीमा बिहान पाँच बजे उठ्ने, गिटार अभ्यास गर्ने र संगीत सिक्ने दैनिकी लेखिएको पाइएको छ, जसले उनको संगीतप्रतिको गहिरो रुचि झल्काउँछ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि इजरायल पुगेका विपिन सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा परेर बन्धक बनेका थिए। त्यही आक्रमणमा उनका १० नेपाली साथीहरूको मृत्यु भएको थियो। दुई वर्षसम्म विपिनको अवस्था अज्ञात रहँदा, गत असोज २८ गते इजरायली सेनाले उनको सन् २०२३ मै हत्या भएको पुष्टि गरेको थियो।

सोमबार विपिनको शव नेपाल ल्याइएपछि मंगलबार बिहान कञ्चनपुरको भुजेला घाट, महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो। इजरायली फरेन्सिक रिपोर्टका अनुसार, विपिनको टाउकोमा गोली प्रहार गरी हत्या गरिएको पुष्टि भएको छ। अन्त्येष्टि समारोहमा परिवार, स्थानीयवासी र अधिकारीहरू उपस्थित थिए। बहिनी पुष्पाका अनुसार, दाजुको शव घर आइपुग्दा तिहारको खुसी शोकमा परिणत भएको थियो र मन सम्हाल्न उनी निकै गाह्रोमा थिइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।