विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ।

आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग-२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो।

लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल कात्तिक ९ आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ। नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ। दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ।

विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।