झापाको दमकमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु,२१ घाइते
झापा । झापामा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोकस्थित भित्री सडक खण्डमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा २१ जना घाइते भएका छन्।
बसमा करिब ३५ जना यात्रु सवार रहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा.२ ख १९८३ नम्बरको बस राति करिब ११:५५ बजे अनियन्त्रित भएर सडक छेउको नालीमा पल्टिएको थियो।
दुर्घटनामा मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय भीमबहादुर मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। बस चालक भक्तबहादुर दर्जी (३९) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते २१ जनाको उपचार दमकस्थित आम्दा अस्पतालमा भइरहेको छ। सबै घाइतेहरु मिक्लाजुङ–३ का बासिन्दा भएको प्रहरीले जनाएको छ।


