प्रतिनिधिसभा विघटन सम्बन्धी १६ वटा रिट निवेदनको सुनुवाइ आजदेखि सुरु
काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी १६ वटा रिट निवेदनको सुनुवाइ आजदेखि सर्वोच्च अदालतमा सुरु हुँदैछ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जनाएअनुसार प्रधानमन्त्री नियुक्ति प्रक्रिया, संसद् विघटनको निर्णय बदर गर्नु पर्ने माग र संसद् पुनःस्थापनासम्बन्धी उत्प्रेषण तथा परमादेशका लागि दायर भएका रिटमा प्रारम्भिक बहस हुनेछ।
यसअघि प्रधानमन्त्री नियुक्ति र विघटन निर्णय खारेज गर्न तथा पुनःस्थापना गर्न माग गर्दै एकै दिन १० वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।


