धनकुटाका प्रजिअ गेलाललाई सम्मान गरि बिदाई
धनकुटा,१२ कार्तिक । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज धनकुटाबाट भव्य रुपमा सम्मान गरी बिदाई गरिएको छ ।
धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामागंको अध्यक्षतमा सम्पन्न भएको उक्त विदाई कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई,धनकुटा नगरपालिकाका उपप्रमुख भिमा देवी खनाल,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,नेकपा एमाले धनकुटाका सदस्य नरेन्द्र पोखरेल,नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला,जनता समादवाी पाटी नेपाल धनकुटा जिल्ला सचिव डम्वर कटुवाल,नागरिक समाजका दोर्ण गुरागाई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले खादा माला टिका लगाई दिई सम्मान गरी विदाई गर्नु भएको थियो । उहाहरुले प्रमुख जिल्ला अधिकारी गेलाललाई उन्नती र प्रगतीको समेत शुभ कामना दिनु भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी गेलाललाई धनकुटाको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान दिनु भएको भन्दै फेरी भेटैला भन्दै मायाको चिनो समेत उपहार स्वरुप प्रदान गर्नु भएको थियो ।
धनकुटामा कार्य सम्पादन गर्दा सवै पक्षको सहयोग प्राप्त भएको वताउनु हुदै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफुले धनकुटालाई कहिल्यै पनि नर्विसने र आफुले धनकुटाको विकास र समृद्धीको लागी सधै सहयोग गर्ने वताउनु भयो ।
दोलखाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहदा करिव २ महिना अधि धनकुटाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै आउनु भएका गेलाल अहिले धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै जान लाग्नु भएकोले उहालाई आज धनकुटामा सम्मान गरी विदाई गरिएको हो ।


