आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने, यी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं, कार्तिक १३ । अहिले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा भारी हिमपातको सम्भावना रहेको छ । पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको हो । महाशाखाका अनुसार अहिले देशमा बंगालको खाडीमा विकसित मोन्था चक्रवातसँगै पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दर्जन भन्दा बढी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।मौसमी प्रणालीको सम्भावित असरलाई ध्यानमा राख्दै प्राधिकरणले पाँच प्रदेशका विभिन्न जिल्लाहरूलाई विशेष सचेत रहन सूचित गरेको छ। सचेत रहनुपर्ने जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा रहेका छन्।

त्यस्तै, मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीस बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवालाई पनि सतर्क रहन भनिएको छ। यसैगरी गण्डकी प्रदेशका गोरखा, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रुपन्देही, कपिलवस्तु र दाङका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।