कांग्रेसको विशेष महाधिवेशनको पक्षमा धनकुटामा वहुमत हस्ताक्षर
धनकुटा, १३ कार्तिक, नेपाली कांग्रेसको विशेष महाधिवेशनका माग गर्दै धनकुटा जिल्लामा वहुमत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई सहित १७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै धनकुटा जिल्लाबाट हस्ताक्षर गरेका हुन । धनकुटा जिल्लामा सभापती राई सहित २६ जना महाधिवेशन प्रतिनिधिहरु रहेका छन ।
महामन्त्री द्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माको नेतृत्वमा देशभर महाधिवेशन प्रतिनिधिहरुले अहिले विद्धमान मुलुकको सस्मया समाधान गर्न काग्रेसमा नया नेतृत्व चयन गर्न विशेष महाधिवेशन आवाश्यक भएको भन्दै हस्ताक्षर गर्ने क्रममा धनकुटा जिल्लामा पनि जिल्ला सभापती दिनेश राईको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै वहुमत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी अभिलम्ब बिशेष महाधिवेशन गर्न दवाव समेत दिदै आएका छन ।
विशेष महाविधेशन पक्षमा धनकुटा जिल्लाबाट हस्ताक्षर गर्नुहुने महाधिवेशन प्रतिनिधिहरुमा सभापती दिनेश राई,पूर्व जिल्ला सभापतीहरु हरी कुमार राई,अग्नी प्रसाद पौडेल,नेता आनन्त सन्तोषी राई,अजित नारायण सिंह थापा,उदय वहादुर लिम्बु,अञ्जना ताम्ली,मिना राई,महेन्द्र निरौला,गंगाराम ढुंगाना,खेमराज पौडेल,शिव विक,मणी चेम्जोग, करुणा कटुवाल,थिरेन्द्र लिम्बु,प्रकाश थुलुग राई,गायन्त्री भण्डारीले हस्ताक्षर गरेका हुन ।
अहिलेको नेतृत्वबाट नेपाली कांग्रेसले निर्वाचनमा सफलता प्राप्त गर्न नसक्ने भएकाले तत्काल विशेष महाधिवेशन गरी नेतृत्व परिर्वतन गरी निर्वाचनमा जानका लागी तयारी गर्नु पर्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई वताउनु हुन्छ । कांग्रेसमा विशेष महाधिवेशनको विकल्प नरहेको समेत जिल्ला सभापती राई दावी गर्नु हुन्छ । उहा भन्नुहुन्छ कांग्रेसलाई अव बचाउनका लागी महाधिवेशन गर्न महाधिवेशन प्रतिनिधिहरु जस्तोसुकै मुल्य चुकाउन समेत तयार रहेको विचार व्यक्त गर्नु हुन्छ । सभापती राईका अनुसार मंसिर भित्र नियमित महाधिवेशन गर्ने तालिकाका ल्याउने पर्ने नल्याए त्यस पछी विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु जुट्ने वताउनु हुनछ ।
नेपाली कांग्रेसमा अहिले दिन प्रतिदिन नेता तथा कार्यकर्ताहरु लगायत यूवा तथा तन्नेरीहरुमा निरासा बढ्दै गएकाले अभिलम्ब नेपाली कांग्रेस नियमित महाधिवेशन गरेर टोल,वडा,पालिका,प्रदेश सभा निर्वाचन क्षेत्र,प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन,जिल्ला ,प्रदेश र केन्द्रिय महाधिवेशन गरेर वडा तह देखीनै केन्द्र सम्म तत्नेरी तथा यूवाहरुलाई पुस्तान्तरण,हस्तान्तरण र रुपान्तरण गर्नू पर्नेमा जोड दिदै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जोड दिनु भएको छ । यदी नियमित महाधिवेशन संभव नभए विशेष महाधिवेशन गरेर भए पनी कांग्रेसमा पुस्तान्तरण,हस्तानतरण र रुपान्तरण गर्नुे पर्ने जिल्ला सचिव राई ले वताउनु भयो ।
नेपाली कांग्रेसले अव पनी विशेष महाधिवेशन वा नियमित महाधिवेशन नगरी अनिर्णयको बन्दी भए कांग्रेसलाई ईतिहासमानै ठूलो संकट आई पर्ने निश्चित भएको छ । कांग्रेस तालको जमेको पानी जस्तै भएर रहे राष्ट र जनतालाई झन ठूलो संकट आईपर्छ ।
नेपाली कांग्रेसले संविधानको रक्षा गर्नका लागी आगामी निर्वाचनमा जानहोस या आन्दोलनमा जानहोस विशेष वा नियमित महाधिवेशन गरेर नेतृत्व परिर्वतन गर्न अती आवाश्यक भएको महाधिवेशन प्रतिनिधिहरुको धारणा रहेको छ ।


