पाख्रिबास नगरका सम्पूर्ण बिद्यालय आवश्यकता अनुसार कार्तिक १८ सम्म बन्द गर्न निर्देशन
धनकुटा,१३ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले आवश्यकता अनुसार कार्तिक १८ गते सम्म बन्द गर्न सुचना जारी गरिएको छ ।
नगर प्रमुख ज्ञान बहादुर ज्ञान बहादुर गुरुङद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ –
बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभावका कारण आगामी केही दिन सम्म भारी वर्षा हुने संभावना देखिएकाले विद्यालयले उक्त मनसुनका कारण विद्यालय र विद्यार्थीहरुमा पर्नजाने जोखिमको मध्यनजर गरी विद्यालय बन्द गर्नु पर्ने अवस्था भए विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय विदाबाट कट्टा हुनेगरी मिति २०८२/०७/१८ गते मंगलबार सम्म विद्यालय बन्द हुने व्यवस्था मिलाउनु हुन अनुरोध छ ।
हेर्नुहोस् सुचना –
श्री सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु,
पाख्रीबास नगरपालिका, धनकुटा ।
प्रस्तुत विषयमा जल तथा मौसम विज्ञान विभागको मिति २०८२/०७/११ को प्रेस विज्ञप्ती अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभावका कारण आगामी केही दिन सम्म भारी वर्षा हुने संभावना देखिएकाले तहाँ विद्यालयले उक्त मनसुनका कारण विद्यालय र विद्यार्थीहरुमा पर्नजाने जोखिमको मध्यनजर गरी विद्यालय बन्द गर्नु पर्ने अवस्था भए विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय विदाबाट कट्टा हुनेगरी मिति २०८२/०७/१८ गते मंगलबार सम्म विद्यालय बन्द हुने व्यवस्था मिलाउनु हुन अनुरोध छ ।



