अविरल वर्षाका कारण भेडेटार-रवि-राँके सडकखण्ड अवरुद्ध
धनकुटा,१४ कार्तिक । अविरल वर्षाका कारण भेडेटार – रवि – राँके सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडक खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको हो ।
सडकमा पहिरो खस्दा दुबै तर्फका सवारी साधन रोकिएका छन् ।


