रवि-रांके- भेडेटार सडक खण्डको सडक भासियो,सडक अवरुद्द
धनकुटा,१४ कार्तिक । रवि-राके-भेडेटार भित्रि सडक खण्डमा सडक भासिएपछि सडक अवरुद्द भएको छ ।
निरन्तरको बर्षाले धनकुटाको सांगुरीगढी गाउंपालिका ५ लुम्फाजुङ स्थित निर्माणाधिन रवि-राके-भेडेटार भित्रि सडक अन्दाजी २० मिटर सडक भासिएको र माथिबाट ढुङगा र माटोको पहिरो झरेपछि दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
उक्त स्थानमा प्रहरी चौकी डाँडाबजारबाट प्रहरी टोली खटि गएको जनाइएको छ ।


