जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा उच्च सतर्कता अपनाउन अनुरोध
धनकुटा,१४ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
धनकुटा जिल्ला भरि नै निरन्तर वर्षा भईरहेको र यस जिल्लामा कार्तिक १५ गते शनिवार सम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान रहेकोले वाढी, पहिरोको जोखिमलाई ध्यानमा राखि अत्यावश्यक बाहेक यात्रा नगर्नु हुन साथै खोला तथा नदी किनार छेउछाउका वस्तिहरु लगायत सम्वन्धित सबैमा उच्च सतर्कता अपनाउन सुचना प्रकाशित गरि अनुरोध गरेको छ ।
साथै कुनै विपद्जन्य घटना भएमा सम्वन्धित स्थानिय तह, नजिकको प्रहरी ईकाइ वा सुरक्षा निकाय, स्थानिय प्रशासन वा देहायका सम्पर्क नम्बरमा जानकारी गराउनु हुन समेत अनुरोध गरिएको छ ।
सम्पर्कका लागि
क. जिल्ला आपतकालिन सेवा केन्द्र: ०२६५२३६३१
ख. नेपाली सेना, Duty Room : ०२६५२३४०३
ग. नेपाल प्रहरी : १०० (कन्ट्रोल) ९८५२०९०१६७
घ. शसस्त्र प्रहरी : १११४, ९८५१२७२२४६
ङ. राष्ट्रिय अनुसन्धान : ०२६५२२०४२



