नेपाल अमेरिकासँग चार विकेटले पराजित

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको आजको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।

नेपालले जितका लागि दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। अमेरिकाका लागि दुई खेलाडीले अर्धसतक बनाए। अमेरिकाका मिलिन्द कुमारले ७० र साइतेजा मुक्कामालाले ७५ रन बनाए। यस्तै शायन जहाँगिरले ३६ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएका थियो।

नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण पारी खेले। त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।

अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई-दुई विकेट लिए। त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक-एक विकेट लिए।

योसँगै नेपालले लिग-२ मा १२औँ हार ब्यहोरेको छ। नेपाल १९ खेलमा ५ जितसहित १२ अंकका साथ सातौँ स्थानमा रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।