के प्रचण्ड र माधवबीचको यो सहकार्य वास्तवमै दीर्घकालीन स्थायित्वको संकेत हो?

काठमाडौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दलले पार्टी एकताका लागि १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। कात्तिक १९ गते औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी भएको ती दलहरूले बताएका छन्।

सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन, सामाजिक न्याय र समाजवादी क्रान्तिको लक्ष्यसहित एकीकृत संगठन निर्माण गर्ने उद्देश्य उल्लेख गरिएको छ। यस एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) र नेपाल कम्युनिष्ट पार्टी सामेल छन्।

राजनीतिक अस्थिरता र वैचारिक विभाजनका बीच वाम दलहरूको यो कदमलाई धेरैले नेपालको राजनीति स्थायित्वतर्फ फर्कने संकेतका रूपमा हेरेका छन्, भने केहीले यो सत्ता समीकरण मिलाउने रणनीति मात्रै भएको दाबी गरेका छन्।

अब प्रश्न उठ्छ — के प्रचण्ड र माधवबीचको यो सहकार्य वास्तवमै दीर्घकालीन स्थायित्वको संकेत हो? तपाईंलाई के लाग्छ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।