दोलखाको यलुङरी हिमालमा हिमपहिरो: ५ विदेशीसहित २ नेपालीको मृत्यु

दोलखा । गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङखलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक यलुङरी हिमालको आधार शिविरनजिकै हिमपहिरोमा पर्दा सात जनाको मृत्यु भएको छ ।सो घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु भएका मध्ये दुई जना नेपाली र पाँच जना विदेशी नागरिक छन् । विदेशीमध्ये तीन जना अमेरिकी, एक जना क्यानडाली र एक जना इटालीका नागरिक रहेको प्रहरीले जनाएको छ ।

आरोहणका लागि गएका विदेशी तथा नेपाली पथप्रदर्शकहरूको समूह सोमबार यलुङरीनजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए । ना गाउँबाट ६ हजार ३ सय ३४ मिटर अग्लो डोल्मा थाङतर्फ हिँडेका उनीहरू सोमबार बिहान करिब साढे १० बजे हिमपहिरोमा परेको जनाइएको छ ।

हिमपहिरोमा परेपछि घाइतेहरूले ना गाउँमा रहेका आरोहणमा सहभागी नभएका साथीहरूलाई सहयोगका लागि खबर गरेका थिए । तर, समयमै उद्धार हुन सकेन ।सूचना ढिलो प्राप्त भएकाले उद्धारमा चुनौती थपिएको डीएसपी महतोले बताए ।सूचना आएलगत्तै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको थियो,’ उनले भने, ‘मौसम प्रतिकूल भएकाले हेलिकोप्टर उड्न सकेन, पैदल उद्धार सम्भव थिएन । मङ्गलवार (आज)देखि उद्धार कार्य सुरु हुनेछ ।’

घटनास्थल लामाबगरबाट करिब ८ घण्टाको पैदल दूरीमा पर्छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । हेलिकोप्टर पठाइए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण हुन नसकेको जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनै सुरक्षा निकायको टोली परिचालन गरिएको बताए ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरी गरी करिब ५० जनाको संयुक्त टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए ।

केही दिनदेखि रोल्वालिङ क्षेत्रको मौसम खराबी भई हिमपात भएको थियो । हिमपात भएपछि ना गाउँका स्थानीय बेदिङ झरेका थिए । आइतबारदेखि मौसम सुधार हुँदै गएपछि आरोहण टोली यलुङरीतर्फ गएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।