काँग्रेस संकटमा? ९ लाख सदस्यमध्ये ६ लाखले नवीकरण नै गरेनन्
काठमाडौ । नेपाली काँग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये करिब ६ लाखले सदस्यता नवीकरण नगरेको पाइएको छ।
केन्द्रीय कार्यालयमा प्राप्त ४६ जिल्लाको विवरण अनुसार जम्मा ३ लाख ९ हजार २५४ जनाले मात्र नवीकरण गरेका छन्।
२०८१ चैतभित्र नवीकरण सकिनुपर्ने भए पनि कार्यकर्ताको चासो कम हुँदा प्रक्रिया सुस्त भएको काँग्रेस नेताहरूले स्वीकारेका छन्।
पार्टीभित्रको संगठनात्मक कमजोरी र असन्तुष्टि यसबाट झल्किएको विश्लेषण गरिएको छ।


