धनकुटा सहित देशभरका करदाता सेवा कार्यालय खारेज, प्यान कार्ड अब पालिकाबाटै

काठमाडौं । सरकारले देशभरका करदाता कार्यालय खारेज गरेको छ ।

करदाता कार्यालयबाट दिइने हुने कतिपय सेवा अब स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइएको हो ।

आन्तरिक राजस्व विभागले निकालेको सूचनाअनुसार स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका सेवा स्थानीय तहबाटै हुने भएको हो ।

पालिकाबाट सेवाहरू सुचारु हुन समय लाग्न सक्ने अवस्थामा तत्काललाई सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रदान गरिने विभागले जनाएको छ ।

कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायत धेरै सेवा भने अनलाइन प्रणाली मार्फत नै प्राप्त गर्न सकिने व्यवस्था अहिले पनि कार्यान्वयनमा रहेको विभागको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।