मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ
विराटनगर, कार्तिक २२ गते । मोरङ र उदयपुरबाट प्रतिबन्धित औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका- १ का ३२ बर्षीय बिज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले राईलाई ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजा सहित घरैबाट पक्राउ गरिएको छ ।
त्यसैगरी उदयपुरको कटारी नगरपालिका- ४ का ३१ बर्षीय जित बहादुर थापा मगरलाई प्रतिबन्धित लागू औषध १९० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय कटहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


