‘हतियार फिर्ता नगरे अपरेशन चलाउँछौं’ : गृहमन्त्री अर्याल

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रममा उनले अहिले पनि ५ हजारभन्दा बढी कैदी फरार रहेको र सुशासन नदिँदा द्वन्द्व दोहोरिन सक्ने जोखिम रहेको चेतावनी दिए।

उनका अनुसार हालसम्म १४ हजार ५४९ मध्ये ९ हजार ५२१ जना कैदी फिर्ता आइसकेका छन्, भने ७१० हतियार पुनः प्राप्त भइसकेका छन्। अर्यालले बाँकी कैदी र हतियार फिर्ता गर्न नागरिक तहको सहयोग आवश्यक रहेको बताए।

उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताउँदै भने, “सुरक्षा र सुशासन बिना विकास सम्भव छैन, त्यसका लागि सरकार अब निर्णायक कदम चाल्दैछ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।