झापामा करेन्ट लाग्दा बिकासको मृत्यु
झापा । झापा मेचिनगर–४ बाहुनडाँगीमा करेन्ट लागेर ५५ वर्षीय विकास प्रधान र एक गाईको मृत्यु भएको छ।
माछा पोखरीमा करेन्ट प्रयोग गरी माछा मार्ने प्रयासका क्रममा प्रधानलाई करेन्ट लाग्दा घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


