विद्युत प्राधिकरणले भन्यो : उर्जामन्त्री घिसिङलाई बदनाम गराउन नियोजित रूपमा समाचार सम्प्रेषण गरियो (विज्ञप्तीसहित)

काठमाडौं, २२ कार्तिक । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताको वास्तविकतालाई तोडमोड गरी नियोजित रुपमा समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकार्षण गराएको छ ।प्राधिकरणको तर्फबाट प्रवक्ता राजन ढकालले आज एक विज्ञप्ती निकाल्दै यस्तो आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालको राष्ट्रिय विद्युत प्रणालीमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बाहुल्यता रहेकाले वर्षायाममा खपत भई बण् िभएको विद्युत निर्यात गर्ने गरिएको तथा सुख्खायाममा केही महिना विद्युत माग व्यवस्थापनका लागि छिमेकी मुलुक भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ । गतवर्ष २ अर्ब ३८ कारेड युनिट विद्युत निर्यात गरिएको थियो भने १ अर्ब ६८ करोड युनिट विद्युत भारतबाट आयात गरिएको थियो ।’

प्राधिकरणले हालको सञ्चालक समिति र व्यवस्थापनबाट संस्था र राष्ट्रलाई अहित हुने कुनै काम नभएको प्रष्ट पारेको छ । हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताका विषयलाई लिएर उर्जा, जलस्रोत तथा सिचाईं, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बदनाम गराउन नियोजित रुपमा सूचना तथा समाचार सम्प्रेषण गरिएको भन्दै त्यस्ता भ्रममा नपर्न अनुरोधसमेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।