झापामा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते
झापा । झापाको पाडाजुंगी चोकमा आज बिहान काठमाडौं जाँदै गरेको यात्रुबाहक माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
घाइतेलाई स्थानीयले तुरुन्तै उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाएका छन्।


