झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गरी फरार भएका तीन जना पक्राउ

झापा । झापामा गत भदौ महिनामा भएको जेनेजी आन्दोलनका क्रममा प्रहरी सम्पत्तिमा तोडफोड र प्रहरी पोसाक दुरुपयोगमा संलग्न रहेको आरोपमा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब निरीक्षक (प्रनानि) कुलप्रसाद सापकोटाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी र १६ वर्षीय आयुष धिमाललाई पक्राउ गरिएको हो।

दुबैजनामाथि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अनारमनीमा कार्यरत प्रहरी मीनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेको आरोप छ।उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–६ लाटे क्याफे क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ।

नियन्त्रणमा परेका २० वर्षीय साजन लाबुहाङले गत २०८२ साल भदौ २४ गतेको जेनेजी आन्दोलनका क्रममा प्रहरी पोसाक निकालेर दुरुपयोग गरेको आरोप छ। उनलाई पनि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।

यसअघि पनि प्रहरीले बिर्तामोडबाट जेनेजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको थियो। प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने, आगजनी गर्ने र प्रहरीलाई कुट्ने चारजनालाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार बिर्तामोड–५ त्रिवेणी चोकबाट अर्जुनधारा–६ बस्ने २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया पत्नी पूजा मगरलाई पनि पक्राउ गरिएको थियो।

यसैगरी बिर्तामोड–५ बस्ने २६ वर्षीय नवराज राई र पक्राउ परेका अर्का एक व्यक्तिको नाम हाल खुलाइएको छैन। प्रहरीको अनुसन्धान जारी रहेकाले उनको नाम सार्वजनिक गरिएको छैन।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।