मोरङको रंगेलीमा कार दुर्घटना, ३ जना घाइते
मोरंग । मोरङको रंगेली कार दुर्घटना हुंदा ३ जना घाइते भएका छन् ।
मोरङको रंगेली नगरपालिका–७ बक्रा खोलाको पुल नजिक एक कार दुर्घटना भएको हो । शनिबार राति करिब साढे ९ बजे रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको बा.२८च.२१८१ नम्बरको कार अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा रुद्र प्रसाद ढकाल (५३ वर्ष), बिराटनगर–११ कार चालक, बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य, पशुपति दास (३२ वर्ष १० बस्नेदाहिने हातको हत्केला, नाक र आँखा मुनी चोट, अवस्था सामान्यर हरीराज रेग्मी (५१ वर्ष), ऐ.ऐ.७ बस्ने
अनुहारमा चोट, अवस्था सामान्य चोट लागेको छ ।


