चार दिन देखि बेपत्ता मोरङ केरावारीकी छात्रा सन्ध्या साहको शव फेला
मोरंग । मोरङको केरावारी–८ की ९ कक्षाकी छात्रा सन्ध्या साह चार दिनदेखि हराइरहेकी थिइन्।
आज बिहान उनको शव एकान्त स्थानमा लावारिस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति शंकास्पद छ र विस्तृत अनुसन्धान भइरहेको छ।


