कोशी नामाकरण अस्वीकार, पहिचानवादी धार नजिक
विराटनगर । जेनजी अभियन्ता रक्षा बमले खोलेको ‘जेन जी फ्रन्ट’ वैचारिक रूपमा जातीय पहिचानवादीहरूसँग नजिक रहेको पाइएको छ।
फ्रन्टले ‘कोशी’ प्रदेश नाम अस्वीकार गर्दै आफ्नो अभिलेखमा ‘प्रदेश नम्बर १’ लेखेको छ।
फ्रन्टका एक अगूवाले भने, “हामी पहिचानवादीको मुद्दामा सहमत छौं, कोशी नाम स्वीकार्य छैन।”
उनका अनुसार जनभावना विपरीत नामाकरण भएकाले त्यसलाई सच्याउन संघर्ष गर्न तयार रहेको फ्रन्टले जनाएको छ।


