कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण

विराटनगर, कार्तिक २४ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षजण भ्रमणको क्रममा वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दुर्गम पहाडी ग्रामिण बस्तीहरुका समुदायसंग सहकार्य गर्दै भेटघाट र सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाइ अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले प्रहरी जनताको सेवामा समर्पित रहेर जस्तोसुकै कठिन परिस्थितमा पनि पछाडि नहटी आफ्नो पदिय जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न तथा खोटाङ जिल्लामा आत्महत्याको बढ्दो दरलाई नियन्त्रण गर्न जिल्ला अस्पताल तथा सम्बन्धित निकायहरुसँग सम्वन्य गरी प्रभावित क्षेत्रमा परामर्स सेवा उपलव्ध गराउने कार्यलाई तिव्रता दिन निर्देशन दिनु भएको छ ।

नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटना, सवारी दुर्घटना न्यूनीकरण गर्न समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा विपदको समयमा जन धनको सुरक्षाको निम्ति कति पनि बिचलित नभई परिचालन हुन निर्देशन दिनु भए छ ।

सोही क्रममा वहाँले कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का र समस्याहरुको सुनुवाई समेत गर्नु भएको थियो । प्रदेश प्रहरी प्रमुख कार्कीलाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले खोटाङ जिल्लाको समग्र शान्ति सुरक्षा र बस्तु स्थितिको बारेमा अवगत गराउनु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।