एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (NPL) Season 2 को सम्पूर्ण तालिका सार्वजनिक गरेको छ।
प्रतियोगिता मंसिर १ गते (Nov 17, 2025) देखि सुरु हुँदैछ र सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुने छन्। खेल दिउँसो ४ बजे सुरु हुनेछ।
यो संस्करणमा कुल ८ टोली सहभागी छन् –
– जनकपुर बोल्ट्स
– काठमाडौं गोर्खाज
– बिराटनगर किङ्स
– लुम्बिनी लायन्स
– पोखरा एभेन्जर्स
– चितवन राइनोज
– कर्णाली याक्स
– सुदुरपश्चिम रोयल्स
दिनमा दुई खेल हुने छन् –
पहिलो खेल ११:४५ बिहान, दोस्रो खेल ३:३० वा ४ बजे सुरु हुनेछ।
प्लेअफका तीन खेलहरू र डिसेम्बर १३ (मंसिर २७) मा हुने ग्रान्ड फाइनल सबै फ्लडलाइटमा खेलाइनेछन्।
क्यानका अनुसार, कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछन्।
– फाइनल म्याच: डिसेम्बर १३, शनिबार, दिउँसो ३:३० बजे
– स्थान: त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर


