रास्वपाले गर्‍यो खोटाङबाट किरातीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधीसभा निर्वाचनमा युवा नेता तथा सामाजिक अभियानता मिलनकान्छा किरातीलाई उम्मेद्वार बनाउने प्रस्ताव गरेको छ।

रास्वपाका नेता तथा खोटाङ जिल्लाका सभापति मुकुन्दकृष्ण थापाले किरातीलाई प्रत्यक्ष भेटेर यस्तो प्रस्ताव गरेका हुन्।

आगामी निर्वाचनमा खोटाङबाट किरातीले स्वतन्त्र रुपमा वा अन्य नयाँ वैकल्पिक दलबाट सांसदको उम्मेद्वारी दिएमा पनि रास्वपाले आफ्नो उम्मेद्वार नउठाई पूर्णरुपमा किरातीलाई सहयोग गर्ने जिल्ला सभापति थापाले वचनबद्धता दिएको बताइएकाे छ। किरातीलाई पार्टी केन्द्रमा जोड्न सकिने बताएका थिए।

तर, यसबारे किरातीले कुनै निर्णय नलिएको बुझिएको छ। समाजशास्त्री तथा साहित्यकारसमेत रहेका किराती झण्डै दुई दशकभन्दा बढी समयदेखि राजनीतिक, सामाजिक, भाषिक र साँस्कृतिक अभियानमा सकृया रहेका छन्। उनको कृतिहरु शान्तिको खोजी, फूलको विज्ञप्ति, फिक्कलको उकालो, समाजवादको बाटो लगायत अरु थुप्रै प्रकाशित छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।