बराहक्षेत्र स्थित कोशी माबिका अभिभावकहरूले विद्यालय व्यवस्थापन समितिलाई गरे पदमुक्त
सुनसरी । बराहक्षेत्र नगरपालिका-८ बाग्झोरा स्थित कोशी माध्यमिक विद्यालयका अभिभावकहरूले विद्यालय व्यवस्थापन समितिलाई पदमुक्त गरेका छन्।
उनका अनुसार विद्यालयको शैक्षिक वातावरण अव्यवस्थित बनेको छ, जसका कारण उनीहरू आन्दोलन गर्न बाध्य भएका हुन्।
कर्तव्यनिष्ठ शिक्षकहरूलाई प्रतिशोधपूर्ण रूपमा सरुवा गर्न खोजिएको र त्यसले विद्यार्थीको अध्ययन अधिकारमा असर पारेको अभिभावकहरूको आरोप छ। साथै, अभिभावक र विद्यार्थीहरूसँग भएका मौखिक सहमति पटक-पटक तोडिएको भन्दै समितिलाई हटाइएको हो।
अभिभावकहरूले यस सम्पूर्ण घटनाको जिम्मेवारी प्रधानाध्यापकले लिनु पर्ने बताएका छन्। उनीहरूले नयाँ समिति गठन गर्न अभिभावक भेला गर्न पनि माग गरेका छन्।


