वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गर्ने महिला पक्राउ

धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे हंसपुर-७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।अनुसन्धानका क्रममा सोही टोल बस्ने ४५ वर्षीया पवित्री देवी मण्डलले कर्तव्य गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।