इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक कार्यालयको भवन तथा सवारी साधन तोडफोड, आगजनी गर्ने दुई जना पक्राउ

झापा । इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक कार्यालयको भवन तथा सवारी साधन तोडफोड, आगजनी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

गत भदौ २४ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय तथा साना ठुला सवारी साधनमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने तथा प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्धेश्यले बाँसमा डोरीले बाँधी अमानवीय तवरले झुण्ड्याई विभिन्‍न स्थानामा घुमाउने व्यक्तिहरु पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा –

१. बिर्तामोड नगरपालिका-५ का २२ बर्षीय राजन चौधरी,२० बर्षीय आयुस धिमाल, कनकाई नगरपालिका-१ का ४२ बर्षीय गोपाल संग्रौला, अर्जुनधारा-७ कि २४ बर्षीया पुजा मगर, २८ बर्षीय सुरज मगर र सुनसरी हरिनगर-१ का २२ बर्षीय साहिल अन्सारीलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा ।

२. बिर्तामोड नगरपालिका-५ का २६ बर्षीय नवराज राईलाई ज्यान मार्ने उद्योगमा कारवाही तथा थप अनुसन्धान भइरहेको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।