इलाका प्रहरी कार्यालय सुरुङ्गामा आगजनी र तोडफोड गर्ने तीन जना पक्राउ
झापा । इलाका प्रहरी कार्यालय सुरुङ्गामा आगजनी र तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका शिवसताक्षि नगरपालिका-१० का ३१ बर्षीय संजय बस्नेत, २५ बर्षीय कुशल तिम्सिना र कन्काई नगरपालिका-३ बस्ने २५ बर्षीय बिष्णु विश्वकर्मा रहेका छन् ।
पक्राउ परेकाले गत भदौ २४ गते झापा कन्काई नगपालिका-३ स्थित रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय भवन, साना ठुला सवारी साधन, संचार सेट तोडफोड तथा आगजनी गरेका थिए ।
उनीहरुलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


