कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा सर्‍यो

विराटनगर । कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा सरेको छ । कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट प्रदेशसभा सचिवालय सञ्चालनमा आएको हो ।

२४ भदौमा जेनजी आन्दोलनका कारण कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि कटहरी गाउँपालिकाको कृषि बजार भवनमा बुधबार सरेको छ ।

आन्दोलनपछि विराटनगरकै वीरेन्द्र सभागृहलाई प्रयोग गर्ने तयारी भए पनि अवलोकनपछि त्यो स्थान प्रयोगका लागि योग्य ठहर नहुने देखिएपछि बैठक र सचिवालय दुवै कटहरीस्थित कृषि भवन परिसरमा सार्ने निर्णय गरिएको थियो ।

तरकारी बजारका लागि कटहरी गाउँपालिका–१ जमटोकीमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना बनाइएको थियो ।

सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोशी प्रदेश सभाको सातौं अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो ।-टाकुरा न्यूजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।