कोशी प्रदेश माओवादी नेता इन्द्र आङ्बो चढ्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा १ जनाको मृत्यु भएको छ ।

आङ्बो चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्रामथान–५ ककडमाडीमा दिउँसो १२ः१५ बजेतिर ठक्कर दिएको थियो ।

स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडीको ठक्करबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए ।

उनलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएका थिए । विराट नर्सिङमै उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।