घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु
पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जना पुरूषकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ६३ वर्षीय टुकबहादुर सोमै रहेका छन् ।
गल्धाको बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा बिहीबार च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको हो ।
नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप एक्कासि खस्दा सोमै च्यापिएर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका सोमैलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगेका थिए । उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयाे ।


